गोरखा–२ बाट प्रचण्डको उम्मेदवारी


२३ आश्विन २०७९, आईतवार
prachanda 2

गोरखा । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

prachanda 1 1

गोरखा नगरपालिका ९ दलभञ्ज्याङ्कमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रचण्डले आज आइतवार सत्ता गठबन्धनबाट साझा उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ताका क्रममा प्रचण्डको साथमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि छन् । प्रचण्डको प्रस्तावकमा बाबुराम भट्टराई र समर्थकमा कांग्रेस जिल्ला सचिव किशोरजङ्ग छन् ।

prachanda 2 1

भट्टराई र श्रेष्ठ दुवैको निर्वाचन क्षेत्र गोरखा नम्बर २ हो । तर यो निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले प्रचण्डलाई उम्मेदवार बनाएको छ । उम्मेदवारी दर्ताका लागि प्रचण्डको साथमा गठबन्धन दलका नेता, कार्यकर्ता पनि बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७