चिनियाँ कम्युनिष्ट पार्टीको महाअधिवशन : सीको शून्य कोभिड नीतिको आलोचना


३० आश्विन २०७९, आईतवार
cpc o8W7538tt5

बेइजिङ । बेइजिङमा कम्युनिष्ट पार्टीको महाधिवेशन सुरु हुँदा चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो विवादास्पद शून्य–कोभिड रणनीतिको रक्षा गर्दै आएका छन् । दशकौं लामो परम्परा तोड्दै प्रतिनिधिहरूले सीलाई पार्टी प्रमुखको रूपमा तेस्रो कार्यकाल हस्तान्तरण गर्ने सम्भावना छ ।

‘भाइरसको फैलावट रोक्नको लागि शून्य कोभिड नीति पूर्ण मात्रामा जनयुद्ध थियो’ उनले भने । नीतिले धेरैको ज्यान जोगाएको तर चिनियाँ जनता र अर्थतन्त्रलाई दण्डित गरेको उनले बताए ।

लकडाउन र यात्रा प्रतिबन्धलाई लिएर चौतर्फी सार्वजनिक असन्तुष्टि बढ्दो छ । महाअधिवेशनको पूर्वसन्ध्यामा बेइजिङमा कडा सुरक्षा सतर्कता अप्नाइएको छ । सी र शून्य कोभिड नीतिको आलोचना गर्दै तीब्र प्रदर्शन भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७