कर्णालीका दुर्गाबहादुरले जिते कीर्तिमानसहित स्वर्ण


३१ आश्विन २०७९, सोमबार
durgabahadur athlete1665987468

पोखरा । कर्णाली प्रदेशका दुर्गाबहादुर बुढाले सोमबार नवौँ राष्ट्रिय खेलकुदमा एथलेटिक्सको तीन हजार मिटर स्टिपल चेजमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।

दुर्गाबहादुरले निर्धारित दूरी ८ मिनेट ५५.१९ सेकेन्डमा पार गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन् । उक्त स्पर्धामा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबका अजित यादवले रजत पदक जिते । अजितले निर्धारित दूरी ९ मिनेट २१.१० सेकेन्डमा पूरा गरेका थिए । त्रिभुवन आर्मीका सुवास कार्कीले ९ मिनेट २२.१५ सेकेन्डमा दूरी पार गरी काश्य पदक जिते ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७