२०७९ कार्तिक ३ गते बिहीबारको तपाईको राशिफल

कार्तिक कृष्ण दशमी पञ्चाङ्गः शुभ विष्टि / भद्रा अश्लेषा


३ कार्तिक २०७९, बिहीबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आलस्य र थकानको अनुभूति हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । आर्थिक सङ्कटले पनि सताउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । चिन्ता हटेर मन प्रसन्न रहला । घरमा अतिथिको आगमन हुनेछ । पढाइमा प्रगति पनि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज विवाद हुन सक्छ भने तपाईंले शुरु गर्नुभएको काममा बाधा तथा अवरोधहरू आउन सक्छ । पढाई लेखाइमा पनि सफलता नमिल्ला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । छोटो दूरीको लाभदायक यात्रा पनि रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । मुद्दा मामिला आइलाग्न सक्छ, तर साँझमा शुभ समाचार पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । नयाँ काममा हात हाल्ने समय छ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा पनि रहने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । रमणीय र सुखद् यात्रा हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज गरेका कामबाट राम्रै लाभ हुनेछ । मित्र वा आफन्तको सहयोगबाट मिल्ने छ । बौद्धिकताको विकास हुनेछ । वैदेशिक कार्य अघि बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिनमा प्रतिष्ठित काम गर्ने मौका छ । आत्मविश्वास बढ्ने छ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । विद्या र बुद्धिको विकास हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ने छ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७