समाजलाई एकताबद्ध गर्न खेलकुदको भूमिका महत्वपूर्ण : पूर्व सभामुख घर्ती


४ कार्तिक २०७९, शुक्रबार
312009226 813684603168013 5543486932401054039 n.jpg

काठमाडौं । पूर्व सभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले समाजलाई एकताबद्ध गर्न खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् ।

कागेश्वरी मनोहरा–९ हात्ती डाँडामा शुक्रबार बिहान ‘स्वर्गीय चुडामणि गिरी तथा जुनुकुमारी गिरी स्मृति ब्याटमिन्टन प्रतियोगिता’ उद्घाटन गर्दै घर्तीले खेलकुदले मानिसलाई स्वस्थ, निरोगी र अनुशासित बनाउने उल्लेख गरिन् ।

सत्ता गठबन्धनबाट काठमाडौं–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेकी उनले समाजलाई एकताबद्ध गर्न पनि खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका रहेको चर्चा गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७