मेरो हार–जित ठूलो कुरा होइन, एमालेले जित्नु पर्छ : सर्वेन्द्र खनाल


५ कार्तिक २०७९, शनिबार
sarbendra khanal

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं ६ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार सर्वेन्द्र खनालले आफू व्यक्तिगत जितका लागि नभएर एमालेको विजयका लागि राजनीतिमा लागेको बताएका छन् ।

नेकपा एमाले काठमाडौं ६, प्रदेश (ख) निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै खनालले गठबन्धनले देशलाई बर्बादीको दिशातर्फ लैजान खोजेको कारण एमालेलाई जिताउन अपिल गरे ।

आज (शनिबार) दियालो फुडल्यान्डमा भएको चुनावी कार्यक्रममा एमाले केन्द्रीय सदस्य केशव स्थापित उपस्थित थिए । कार्यक्रममा प्रदेश सभा (ख) का एमाले उम्मेदवार अमनकुमार मास्केले विकास र समृद्धिका लागि जिम्मेवारीपूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७