देउवाकाे चेतावनीपछि पनि किन दिएनन् माओवादी मन्त्रीले राजीनामा ?


१ कार्तिक २०७४, बुधबार
Krishna Bahadur Mahara and janardhan sharma
काठमाडाैं : प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई मंगलबार बिहान बालुवाटारमा बोलाई सरकारबाट हट्न आग्रह गरेका थिए ।
Krishna Bahadur Mahara and janardhan sharma
प्रचण्डले निर्वाचनसम्म कांग्रेसलाई सघाउने सहमति भएकाले नैतिकताका आधारमा सहयोग गरेको बताए । ‘हाम्रो पहिलो प्राथमिकता सरकार भन्दा निर्वाचन मुख्य विषय हो ।’ प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘निर्वाचन शुनिश्चित भएमा सरकारमा एक दिनपनि बस्दैनौ ।’

सरकारका विषयलाई लिएर प्रचण्ड र प्रधानमन्त्री विच चर्काचर्की समेत भएको थियो । भेट्मा प्रधानमन्त्रीले माओवादी मन्त्री सरकारबाट नहटेमा विनविभागीय बनाउने चेतावनी समेत दिईसकेका थिए ।

प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीलाई विनाविभागीय बनाउँदै छन् भन्ने थाहा पाएपछि अध्यक्ष प्रचण्डले माओवादी मन्त्रीलाई राजिनामा दिन भनेका थिए । माओवादी मन्त्री पार्टीको वक्तव्यसहितको निर्देशन पर्खेर बसेका थिए । मन्त्रीहरु पनि राजिनामा दिने मनस्थितिमा पुगिसकेका थिए ।

कृष्णबहादुर महरा,जनार्दन शर्मा, आसा कोइरालालगायतका मन्त्रीले कर्मचारी सहित सचिवालयलाई सहयोग गरेको भन्दै धन्यावाद समेत दिई सकेका थिए । तर, कतिपय माओवादी मन्त्रीले पार्टीको वक्तव्यसहितको निर्देशन पर्खेर बसेका थिए । यसैबीचमा सिंह दरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री जनार्दन शर्माले निर्वाचन सार्ने सूचनापाएपछि तत्काललाई मन्त्रीहरुको राजिनामा स्थगित भएको बताएका थिए ।

-नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७