दुई करोड ३६ लाख ८० हजार मतपत्र छापियो, आज सुदूरपश्चिममा ढुवानी गरिँदै


१३ कार्तिक २०७९, आईतवार
Chunab 4 1 scaled

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छापेको छ ।

प्रतिनिधिसभातर्फ एक करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार ५ सय मतपत्र छपाइ भएको आयोगले जनाएको छ ।

आज सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुलामा प्रत्यक्ष निर्वाचनतर्फको मतपत्र ढुवानी भएको छ । ती जिल्लामध्ये समानुपातिकतर्फको मतपत्र ढुवानी हुन बाँकी रहेका जिल्लामा समानुपातिकतर्फको पनि मतपत्र ढुवानी हुने भएको छ । ती जिल्लामा अस्थायी मतदाताका लागि आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र पनि ढुवानी हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७