न्यालु लेकमा जमेको हिउँ पन्छाउन शुरु, चाँडै यातायातको साधन चल्ने


१६ कार्तिक २०७९, बुधबार
snow humla

सुर्खेत । हुम्लाको पाँच हजार मिटरमा रहेको न्यालु लेकमा जमेको हिउँ पन्छाएर यातायातका साधन सञ्चालन गर्ने प्रयास शुरू भएको छ । नाम्खा गाउँपालिका–६ को लिमी आउजाउका लागि मेसिन र यात्रुहरू मिलेर सो स्थानको हिउँ फाल्न थालिएको हो ।

बस चालक सिंगम भण्डारीले करिब एक महिनादेखि अवरुद्ध सडक खण्ड अब चाँडै सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन् । यसका लागि सडकमा जमेको हिउँ फाल्न शुरु भएको तर हिउँ बाक्लो जमेका कारण पन्छाउन कठिन भइरहेको बताए ।

कति दिनमा हिउँ फालेर सकिन्छ एकिन भने नभएको उनले बताए । न्यालु लेकमा चारदेखि पाँच फिट हिउँ जमेको छ । १० दिनअघि पनि हिउँ पन्छाउने कोशिस भए पनि सकिएको थिएन । अहिले पुनः हिउँ फाल्न थालिएको छ । एक साताअघि लिमीका वडाध्यक्ष पाल्जोर तामाङसहित चार जनाको टोली पैदलै हिउँ छिचोल्दै लिमी पुगेको थियो ।

त्यसयता अन्य लिमी जान सकेका छैनन् । न्यालु र नारा लेकमा हिउँ जमेकै कारण ४ मंसिरको निर्वाचनका लागि राजनीतिक दलहरू र पार्टीका नेता समेत लिमी पुग्न सकेका छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७