बालुवाटारबाट नियन्त्रणमा परेकी निहारिकालाई प्रहरीले छाड्यो

भन्छिन्, ‘आरोपीलाई पक्राउ गर भन्दा प्रहरीले मलाई समात्यो’


१८ कार्तिक २०७९, शुक्रबार
niharika rajput

काठमाडौं । बालुवाटारबाट प्रहरी नियन्त्रणमा परेकी कुमारी आमा निहारिका राजपुतलाई छाडिएको छ । काठमाडौं प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार पत्रकार सम्मेलन गर्न पुगेकी उनलाई केही समय नियन्त्रणमा लिएर छाडिएको हो ।

एसपी मैनालीका अनुसार प्रधानमन्त्री निवास बालुवाटारको ३ नम्बर गेटमा पत्रकार सम्मेलन गर्ने भनेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । कुमारी आमाका रुपमा चिनिएकी निहारिका राजपुतले आरोपीलाई पक्राउ गर्न माग राख्दै बालुवाटार पुग्दा प्रहरीले आफूलाई पक्राउ गरेको बताएकी छन् ।

उनले भनिन्, ‘आरोपीलाई पक्राउ गर भन्दा प्रहरीले मलाई समात्यो ।’ आज निहारिकाका छोरा र बलात्कार आरोपी शिवराम श्रेष्ठको डीएनए ९९.९९९ प्रतिशत ‘म्याच’ भएको पनि खुलेको छ । उच्च अदालत जनकपुरले राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश जारी गरेको थियो ।

त्यसपछि डीएनय परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा पठाइएको थियो । निहारिकाले न्याय नपाएको भन्दै राजपुतले गत साउन २७ गते राष्ट्रपति कार्यालय शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । त्यसपछि भदौमा तत्कालीन कानुनमन्त्रीसँगको तीन बुँदे सहमतिमा अनसन तोडेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७