हालान्डको इन्जुरी टाइमको गोलले सिटी विजयी


२० कार्तिक २०७९, आईतवार
haland

काठमाडौं । एर्लिन हालान्डको ‘इन्जुरी टाइम’ को निर्णायक गोलसँगै म्यानचेष्टर सिटिले प्रिमियर लिगमा शनिबार राति फुलहमलाई २–१ ले पराजित गरेको छ ।

घरेलु मैदान एतिहाड स्टेडियममा पहिलो हाफको आधा घण्टा १० खेलाडीमा सीमित सिटीका लागि हालान्डले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै पेनाल्टीमार्फत विजयी गोल गरेकम हुन् । त्यसअघि १७ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई शुरुआती अग्रता दिलाएका थिए ।

२६ औं मिनेटमा सिटीकालाई अर्को झढ्का लाग्यो । डिफेन्डर जोआ कान्सेलो रातो कार्ड पाउँदै मैदान बाहिरिए भने फुलहमले पेनाल्टी पायो । कान्सेलोले पेनाल्टी एरियमा फुलहमका ह्यारी विल्सनला लडाएपछि फुलहमले पेनाल्टीको अवसर पाएको थियो भने रेफ्रिले कान्सेलोलाई रातो कार्ड देखाए । फुलहकका आन्द्रेस पेरीराले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

एक खेल कम भएपछि सिटी दबाबमा परेको थियो । ६४औं मिनेटमा गोलकर्ता अल्भारेजको स्थानमा सिटीले हालान्डलाई मैदान पठाएको थियो । हालान्डले ७४ औं मिनेटमा गोल गरेपनि भीएआरले मान्यता नदिँदा अग्रता लिने अवसर गुमायो ।

तर इन्जुरी टाइमको पाँचौ मिनेटमा सिटीले पेनाल्टी पायो र हालान्डले त्यसलाई गोलमा परिणत गर्दै सिटीलाई रोमाञ्चक जित दिलाए । जितपछि १३ खेलबाट ३२ अंक जोड्दै सिटी शीर्ष स्थानमा उक्लेको छ । एक खेल कम खेलेको आर्सनल ३१ अंकसहित दोस्रो स्थानमा छ । आर्सनलले आइतबार लण्डन डर्बीमा चेल्सीसँग खेल्दैछ ।

अर्को खेलमा ब्राइटनले उल्भ्सलाई ३–२ ले, लिड्सले बर्नमाउथलाई ४–३ ले लेस्टर सिटीले एभरटनलाई २–० ले पराजित गरेको छ । ब्राइटन छैटौं, लिड्स १२औं र लेस्टर १३औं स्थानमा उक्लेको छ । ब्रेन्टफोर्ड र नटिङघम फरेस्टले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७