इन्टर मिलानलाई युभेन्टसले हरायो


२१ कार्तिक २०७९, सोमबार
adrian rabiot celebration 20221107083902

रोम । युभेन्टसले इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार रातिको खेलमा इन्टर मिलानलाई २–० गोले पराजित गरेको छ । घरेलु मैदान टुरिनमा भएको खेलको पहिलो हाफमा युभेन्टसले इन्टरको रक्षापंक्ति छिचोल्न सकेको थिएन ।

दोस्रो हाफमा अझै आक्रामक शैली अपनाएको युभेन्टसका लागि ५२औं मिनेटमा एड्रियन राबियोटले पहिलो गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा इन्टरले आक्रामणका अवसर बुने पनि खेलमा फर्किन सकेन ।

निर्धारित ९० मिनेटको खेल सकिन ६ मिनेट बाँकी रहँदा निकोलो फागियोलीले गरेको गोलसँगै युभेन्टसले २–० को जित सुनिश्चित गर्‍यो ।

जितसँगै १३ खेलबाट २५ अंक जोडेको युभेन्टस अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । समान खेलबाट २४ अंक जोडेको इन्टर सातौं स्थानमा झरेको छ । आइतबार रानि नै भएको अर्को खेलमा एएस रोमा ल्याजिओसँग ०–१ गोलको नतिजामा पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७