साढे २ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि कमी


२२ कार्तिक २०७९, मंगलवार
share market 1

काठमाडौं । नेप्से परिसूचक आज (मंगलबार) सामान्य अंकले घटेको छ । आज २.५७ अंकले शेयर बजार ओरालो लागेको हो ।
मंगलबार २७ लाख ७३ हजार बढीको शेयर किनबेच हुँदा एक अर्ब पाँच करोड ३१ लाख ३७ हजार बढीको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ । २७४ कम्पनीको कारोबार हुँदा ५८ कम्पनीमा वृद्धि भएको छ । आज ११४ कम्पनी घाटामा गएका र १४ कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ ।

मंगलबार लाइफ इन्स्युरेन्स ५५.९०, गुराँस लघुवित्त वित्तीय संस्था ३४.४० अंकले वृद्धि भएको र शिवम सिमेन्टको आठ करोड ५७ लाख ३२ हजार १२२ रुपैयाको शेयर कारोबार भएको छ । सिटिजन बैंक इन्टरनेसनलमा भने ६ करोड ५८ लाख ५२ हजार ३०५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । मंगलबार फाइनान्स ४.६५, निर्जीवन बिमा २३.४, जीवन बिमा ९३.६१ अंकले बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७