एमाले कार्यकर्ता पक्राउ परेपछि तनहुँको घिरिङमा शुरु हुन सकेन मतदान


४ मंसिर २०७९, आईतवार
datdan kendra mk

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका पुट्टारमा रहेको कृष्ण मावि मतदान केन्द्रमा अहिलेसम्म मतदान शुरु हुन सकेको छैन ।शनिबार प्रहरीले नेकपा एमालेका २ जना कार्यकर्तालाई पक्राउ गरेपछि अहिलेसम्म मतदान शुरु हुन नसकेको हो । एमाले कार्यकर्ताहरुले पक्राउ परेकाहरु रिहा गर्नुपर्ने माग राखेका छन् ।

शनिबार एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएपछि एमालेका २ कार्यकर्ता पक्राउ परेका थिए । एमाले नेता विष्णुभक्त सिग्देलले एमालेको विजय सुनिश्चित हुने देखेपछि एमाले कार्यकर्ता पक्राउ गरेर त्रास फैलाउने काम गरिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७