म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान गरे मतदान


४ मंसिर २०७९, आईतवार
older 107 year

म्याग्दी । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज (आइतबार) म्याग्दीमा एक १०७ वर्षीय वृद्धले मतदान गरेका छन् ।

मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गर्नुभएको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिए ।

म्याग्दीका एक सय २० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । म्याग्दीमा ८६ हजार मतदाता छन् । यहाँ प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७