मतदानपछि विष्णु पौडेलले भने, ‘देशले जित्न एमालेले जित्नु पर्छ’


४ मंसिर २०७९, आईतवार
bishnu paudel 1

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बिहान साढे १० बजे मतदान गरेका छन् । बुटवल–८ मा रहेको डिभिजन सडक कार्यालय परिसरस्थित हेभी इक्वीपमेन्टमा रहेको मतदान केन्द्रमा पौडेलले मतदान गरेका हुन् ।

bishnu paudel 2

मतदानपछि प्रतिक्रिया दिंदै पौडेलले निर्वाचन लोकतन्त्रको उत्तम अभ्यास रहेको बताए । उनले यो निर्वाचनबाट एमालेले राम्रो नतिजा ल्याउने दावी गरे । पौडेलले एमालेले हारे देशले हार्ने पनि बताए । उनले मुलुकको जितका लागि एमालेको जित अनिवार्य रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७