कास्कीमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाए

सामान्य विवादमा मतदान स्थगित नगर्न आयोगको निर्देशन


४ मंसिर २०७९, आईतवार
Matpetika 2
फाइल फोटो

कास्की । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट विभाजित भएका नेकपा बहुमतका कार्यकर्ताले कास्कीमा मतपेटिका फुटाएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा मतदान भईरहेको बेला नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका हुन् ।

माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले आफूले मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका थिए । परियारले मतपेटिका फुटाएपछि स्थगित भएको मतदान पुनः शुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सामान्य विवादमा मतदान स्थगित नगर्न आयोगको निर्देशन
निर्वाचन आयोगले सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ ।
कतिपय जिल्लामा राजनीतिक दल, उम्मेदवार वा निर्वाचन बहिष्कार गर्ने पक्षका कारण मतदान स्थगित भइरहेको छ । तर आयोगले स्थगित भएको मतदान कार्य तत्काल सुरु गर्न र साँझ ५ गतेसम्म स्थगित भएको सूचना नटाँस्न निर्देशन दिएको आयोगले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७