ललितपुर–३ को मतगणना शुरु


५ मंसिर २०७९, सोमबार
Matpetika 4
फाइल फोटो

काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नं ३ को मतगणना शुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय रहेको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना थालनी गरिएको हो ।

ललितपुर महानगरपालिका वडा नं २०, २१ र २२ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना शुरु गरिएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिएका छन् । मतगणनालाई तीव्र बनाउन चार स्थानमा गणना गर्ने तयारी गरिएको छ ।

अहिले एक ठाउँबाट मात्र गणना थालिएको छ । सो क्षेत्रमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का पम्फा भुसाल, नेकपा (एमाले) का अमृत खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीको डा. तोसिमा कार्कीलगायत प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७