रोल्पामा वर्षमान पुन एमालेका पूर्ण बुढामगर भन्दा ४,१६७ मतले अगाडि


६ मंसिर २०७९, मंगलवार
barshaman pun
फाइल फोटो

रोल्पा । प्रतिनिधिसभातर्फ रोल्पामा नेकपा माओवादी केन्द्रले अग्रता कायम राखेको छ । रोल्पामा अहिलेसम्म १० हजार ९ सय ७३ मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

जसमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले ६ हजार ७६८ मत पाएर अग्रता लिइरहेका छन् । एमालेका पूर्ण बुढामगर २ हजार ६०१ मत पाएर पछ्याइरहेका छन् । राप्रपाका लिला राउतले ४६६ मत पाएका छन् । प्रदेश सभामा पनि माओवादी केन्द्रको अग्रता जारी छ ।

प्रदेश सभा १ को ९ हजार ६८३ मत गणना सकिँदा माओवादीका जोखबहादुर महराले ५ हजार ८९० मत पाएका छन् । एमालेका कमल बहादुर बुढाथोकी २ हजार २०४ मत पाएका छन् ।

यसैगरी प्रदेश सभा २ मा ८ हजार ९६३ मत गणना भएको छ । त्यहाँ स्वतन्त्रका धारो चिन्ह लिएका दिपेन्द्र कुमार पुनले ३ हजार ४९७ मत ल्याएर अग्रता लिएका छन् । उनलाई गठबन्धनका साझा उम्मेदवार कांग्रेसका अमरसिह पुनले २ हजार ८८१ मत ल्याएर पछ्याइरहेका छन् । एमालेका प्रेमबहादुर घर्तिमगर १ हजार ९६८ मतसहित तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७