रुपन्देही–१ मा घनश्याम भुसाल एमालेका विश्वकर्मा भन्दा ५७८ मतले पछाडि


६ मंसिर २०७९, मंगलवार
ghanashyam bhusal chabilal bk wXI5bO0uoh

रुपन्देही । स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल रुपन्देही–१ मा ५७८ मतले पछि परेका छन् । एमालेका छविलाल विश्वकर्मालाई पछ्याउँदै अघि बढिरहेका भुसालले पछिल्लो मत परिणामअनुसार १,९६४ मत प्राप्त गरेका हुन् । यस्तै एमालेका विश्वकर्माले भने २,५४२ मतसहित अग्रता लिएका छन् ।

यो क्षेत्रमा पछिल्लो मतपरिणामअनुसार नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार रहेका धनिराम चौधरीले १,८७७ मत प्राप्त गरेका छन् । यस्तै जनमत पार्टीका कैलाश गुरुङले १,३२० मत र राष्ट्रिय स्वतन्त्र पार्टीका नरबहादुर पछाईले ९५६ मत पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७