रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा वर्षमान पुन फराकिलो मतान्तरले विजयी


८ मंसिर २०७९, बिहीबार
Barshaman Pun 06

रोल्पा । प्रतिनिधिसभा सदस्यमा रोल्पाबाट वर्षमान पुन ‘अनन्त’ फराकिलो मतान्तरले विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव पुन ४१ हजार सात सय १४ मतका साथ विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार चार सय ८५ मत प्राप्त गरेका छन् । पुन र बुढाबीच २५ हजार दुई सय २९ मतको फराकिलो अन्तर छ ।

त्यस्तै राप्रपाका लीला रावलले दुई हजार पाँच सय ५६, राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले ८ सय तीन र नेपाल मजदुर किसान पार्टीका नातिभाइ ह्योम्बाले एक सय ५२ मत प्राप्त गरेका छन् । रोल्पामा एक लाख ४५ हजार चार सय ७१ मतदाता रहेकोमा ६७ हजार २१ अर्थात ४६.७ प्रतिशत मतमात्र खसेको थियो । जसमा ६१ हजार सात सय १० मत सदर भएको थियो भने पाँच हजार तीन सय ११ मत बदर भएको मुख्य निर्वाचन अधिकृत खिमानन्द भुसालले जानकारी दिए ।

रोल्पामा २०६४ यताका सबै चुनावमा माओवादी उम्मेदवार विजयी हुँदै आएका छन् । पहिलो संविधानसभा चुनावमा ललितपुर–१ बाट विजयी वर्षमान पुन २०७० मा मोरङ–९ बाट पराजित भएका थिए । त्यसपछि २०७४ मा रोल्पाबाट विजयी पुन रोल्पाबाट दोस्रो पटक विजयी भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७