जीत होइन, जिम्मेवारी बढेको छ : डा. तोसिमा कार्की {तस्वीरहरु}

‘पाँच वर्षमा देशबासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्छु’


८ मंसिर २०७९, बिहीबार
toshima

काठमाडौँ । नव निर्वाचित प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले पाँच वर्षमा देशबासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताएकी छिन् ।

ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कार्कीले आज (बिहीबार) मुख्य निर्वाचन अधिकृतबाट निर्वाचित भएको प्रमाणपत्र बुझ्ने क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै आगामी पाँच वर्ष देशले गर्व गर्न लायक राजनीतिज्ञ बनेर उभिने बताएकी हुन् ।

उनले संसदमा जनमुखी मुद्दाहरु उठाउने बताएकी छन् । उनले आफूले मतदाताहरु समक्ष राखेको प्रतिवद्धताहरु पूरा गरेपछि मात्रै विजय मनाउने भन्दै जितलाई जिम्मेवारीको रुपमा लिएको उल्लेख गरिन् । उनले मतदाताहरुलाई आफूलाई निरन्तर खबरदारी गरिरहन अनुरोध पनि गरिन् ।

Toshima karki 1
Toshima karki 2
Toshima karki 3
Toshima karki 4
Toshima karki 5
Toshima karki 6
Toshima karki 7
Toshima karki 8

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७