एभरेष्ट बैंकले १३ प्रतिशत बोनस सेयर दिने


८ मंसिर २०७९, बिहीबार
everest bank QRGTD2YMpz

काठमाडौं । अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट नगद लाभांश दिइरहेको समयमा एभरेष्ट बैंकले भने बोनस सेयरलाई प्राथमिकता दिएको छ । बैंकले १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

अहिले एभरेष्ट बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ छ । यो पुँजीको ७.६८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्दा बैंकले ७२ करोड ७४ लाख ९० हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

एभरेष्ट बैंकले १३ प्रतिशत बोनस सेयर दिने भएपछि सो बैंकको चुक्ता पुँजी पनि वृद्धि हुनेछ । बैंकले १३ प्रतिशत बोनस सेयर दिएपछि सो बैंकको चुक्ता पुँजीमा १ अर्ब २३ करोड ७ लाख ५४ हजार रुपैयाँ बढ्नेछ ।

एभरेष्ट बैंकले मङ्सिर २६ गते वार्षिक साधारणसभा बोलाएको छ । सो सभाले पारित गरेपछि सेयरधनीलाई लाभांश वितरण गरिनेछ । साधारणसभा प्रयोजनको लागि बैंकले मङ्सिर १३ गते सेयर दाखिला खारेज मिति तय गरेको छ । अर्थात् मङ्सिर १३ गतेभन्दा अगाडि कायम रहेका सेयरधनीले मात्रै बैंकले यसपालि दिन लागेको नगद लाभांश र बोनस सेयर प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७