पोर्चुगललाई घानाविरुद्ध ३-२ को जित ,रोनाल्डोको कीर्तिमानी गोल


८ मंसिर २०७९, बिहीबार
portugal y4XRucRUlb 1

काठमाडौँ । फिफा विश्वकपमा पोर्चगलले घानाविरुद्ध ३–२ को जित निकालेको छ। घानाविरुद्ध संघर्षपूर्ण जित निकाल्दै पोर्चुगलले फिफा विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ। दोहास्थित स्टेडियम ९७४ मा पोर्चुगलले घानालाई पराजित गर्दै विश्वकपमा विजयी सुरुवात गरेको हो।

खेलको ६४ औँ मिनेटमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए खेलको ७८ औँ मिनेटमा जाओ फिक्सले गोल गर्दै खेल पोर्चुगललाई २–१ को अवस्थामा ल्याए। त्यसअघि ७३ औँ मिनेटमा घानाले बराबरी गोल फर्काएको थियो।

पोर्चुगलविरुद्ध घानाले बराबरी गोल फर्काएको छ। फिफा विश्वकपमा पोर्चगलविरुद्ध घानाका आन्द्रे एयुले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्। आन्द्रेले विश्वकपमा पहिलो गोल गर्दा २४ औँ अन्तराष्ट्रिय गोल गरेका हुन्। यसअघि पोर्च्गिज स्टार क्रिस्टियानो रोनाल्डोले खेलको ६४ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

खेलको ६३ औँ मिनेटमा घानाका खेलाडीले रोनाल्डोलाई लडाएपछि रेफ्रिले पेनाल्टी दिएका थिए। जुन अवसरलाई रोनाल्डोले खेर जान दिएनन्। पेनाल्टीमा गोल गर्दै रोनाल्डोले लगातार पाँच खेलमा गोल गर्ने किर्तिमान कायम गरेका थिए।
यो जितसँगै पहिलो चरणमा ३ अंक बटुलेको पोर्चुगल समूहको शीर्षस्थानमा छ।

यसअघि अर्को खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेलेका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७