समानुपातिकतर्फ एमालेले १० लाख मत कटायो, अरु कसको कति ? (सूचीसहित)


९ मंसिर २०७९, शुक्रबार
amale 1

काठमाडौं । समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायमै छ । जारी मत गणनामा प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ ।

निर्वाचन आयोगको अध्यावधिक (बिहान ९ः५३ बजे) तथ्याङ्कअनुसार एमालेले १० लाख ४ हजार १६२ समानुपातिक मत हासिल गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९ लाख ५५ हजार ९ सय ८९ मत ल्याएको छ भने तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ७८ हजार १ सय ८० मत प्राप्त गरेको छ ।

आयोगको विवरणअनुसार चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म ४ लाख ४२ हजार ३८ समानुपातिक मत पाएको छ । पाँचौं स्थानमा रहँदै राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ५५ हजार ५६ समानुपातिक मत ल्याएको छ ।

छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले एक लाख २७ हजार ९ सय ८३ समानुपातिक मत पाएको छ भने ७५ हजार ८ सय ५३ मतका साथ जनमत पार्टी समानुपातिकतर्फ सातौं स्थानमा छ ।

आयोगका अनुसार आठौं स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले ७१ हजार २ सय १४ समानुपातिक मत प्राप्त गरेको छ । यस्तै नवौं स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टीले ६९ हजार ९ सय ६८ समानुपातिक मत ल्याएको छ भने ५६ हजार ९ सय २८ मतका साथ नेपाल मजदुर किसान पार्टी समानुपातिकतर्फ दशौं स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७