दोलखामा ‘बुथ कब्जा’ भएका १० मतदान केन्द्रमा पुनः मतदान हुने

तीन गुणा बढी सुरक्षाकर्मी खटाउन सुझाव


११ मंसिर २०७९, आईतवार
574 Shares
Dinesh Thapaliya 2 scaled

काठमाडौँ । दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले खटाएका कर्मचारीको टोलीले स्थलगत भ्रमण र अध्ययनपछि गरेको सिफारिसका आधारमा आयोगको आज (आइतबार) बसेको बैठकले चार मतदानस्थलका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

ती मतदान केन्द्रहरुमा आउँदो १५ गतेभित्र मतदान गर्नेगरी मिति तोक्न मुख्य निर्वाचन अधिकृतको कार्यालय देलखालाई निर्देशन दिएको उनले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

मंसिर ४ गते दोलखाको वैत्यश्वर गाउँपालिका वडा नम्बर ६ को वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालयको मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका वडा नम्बर ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख तथा वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान स्थलका क, ख, ग मतदान केन्द्रमा भएको मतदान रद्द गरी पुनः निर्वाचन गर्ने निर्णय भएको प्रवक्ता पौडेलले बताए ।

आयोगमा पेश भएको प्रतिवेदनमा विभिन्न मतदान केन्द्रमा अनधिकृत कब्जा भएको पाइएको भन्दै पुनः निर्वाचन गराउन सिफारिस गरिएको हो । प्रतिवेदनमा अब पुनः मतदान गर्दा तीन गुणा बढी सुरक्षाकर्मी खटाउन भनिएको छ ।

jagdamba.cement
aayog
aayog1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७