यी हुन् चुनाव जित्ने चार बहालवाला मुख्यमन्त्री

तीन मुख्यमन्त्रीले यस पटक टिकट नै पाएनन्


११ मंसिर २०७९, आईतवार
save
फाइल फोटो

काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भइरहँदा चार जना बहालवाला मुख्यमन्त्रीले चुनाव जितेका छन् । तीन जना मुख्यमन्त्रीले यस पटक टिकट नै पाएनन् । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई निर्वाचित भएका छन् ।

भोजपुर प्रदेश सभा (क)बाट उम्मेदवार रहेका मुख्यमन्त्री राई विजयी भएका हुन् । मुख्यमन्त्री राईले १६,११० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिबहादुर राई १२,२२३ ले ल्याए । मधेस प्रदेशका बहालवाला मुख्यमन्त्री लालबाबु राउत पनि प्रदेशसभा सदस्यमा विजयी भएका छन् । जनता समाजवादी पार्टी (जसपा) का नेता समेत रहेका मुख्यमन्त्री राउतले पर्सा निर्वाचन क्षेत्र १ (ख) बाट जित निकालेका हुन् ।

मुख्यमन्त्री राउतले ७,५४५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायणप्रसाद कुर्मीले ६,२१२ मत ल्याए । धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रतिनिधिसभा सदस्य पदमा जित हासिल गरेका छन् । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष रहेका पाण्डेले ३५,९३४ मत ल्याउँदा नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले २७,९५३ मत ल्याएका छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कांग्रेसका तर्फबाट हुम्ला (ख) मा जित हासिल गरेका छन् । नेकपा एमालेका छक्कबहादुर लामालाई हराउँदै मुख्यमन्त्री शाहीले चुनाव जितेका हुन् । मुख्यमन्त्री शाही ७,०५६ मतले विजयी हुँदा उनका निकटतम प्रतिष्पर्धी लामाले २,९७९ मत प्राप्त गरे ।

यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसी र र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले यस पटक टिकट पाएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७