संसद भवन तत्काल खाली गर्न माग


१३ मंसिर २०७९, मंगलवार
Parliment house samsad bhawans

काठमाडौं । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले संसद बस्दै आएको वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बिआइसिसी) तत्काल खाली गर्न सरकारसँग माग गरेका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ निर्देशक ऐरले सरकारसँग यस्तो माग गरेका हुन् ।

hikmat singh aire2022 11 29 11 06 35
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर

काठमाडौंमा अन्तर्राष्ट्रियस्तरका मेला महोत्सव गर्न अन्तर्राष्ट्रियस्तरको हलको आवश्यक रहेको उनले बताएका छन् । बिआइसिसी संसद्का लागि नभई अन्तर्राष्ट्रिय प्रदर्शनी हलका रुपमा सञ्चालनका लागि भएको उल्लेख गर्दै उनले तत्काल खाली गराउनु पर्ने बताएका छन् ।

‘काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको हल आवश्यक छ । वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर चीनले अन्तर्राष्ट्रियस्तरको हलका लागि दिएको हो । त्यो संसद बस्ने स्थान होइन, बिआइसिसी हललाई जतिसक्दो खाली गराउनु पर्छ, त्यो अन्तर्राष्ट्रिय प्रदर्शनी हल हो, सरकार चलाउने हल होइन,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७