काठमाडौं महानगरको कार्यालय अगाडि सुकुमबासीको प्रदर्शन

मेयर शाहविरुद्ध चर्का नाराबाजी


१३ मंसिर २०७९, मंगलवार
sukumbashi 2

काठमाडौं । थापाथलीस्थित सुकुमबासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि पीडितहरु आक्रोशित र आन्दोलित भएका छन् ।

वैकल्पिक व्यवस्थापन विना हटाउन थालेपछि पीडित सुकुमबासीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले महानगरको कदमको विरोध गर्दै ¥याली निकालेका छन् । उनीहरुले आफूलाई उठिबास लगाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध चर्को नाराबाजी गरेका छन् । ठूलो संख्यामा जम्मा भएका सुकुमबासीहरुले आफूहरुलाई सुकुमबासी बस्तीबाट महानगरपालिकाले बलपूर्वक हटाउन लागेकोमा विरोध प्रदर्शन गरेका हुन् ।

sukumbashi 1 1

बिहान काठमाडौं महानगरपालिका घेर्न गएका सुकुमबासीहरुले मेयर शाहविरुद्ध चर्को नाराबाजी गर्दै उचित विकल्पसहितको व्यवस्थापन गर्न माग गरेका छन् । प्रदर्शनकारीहरुले बालेन शाह राजीनामा देउ, उचित विकल्पसहित व्यवस्थापन गर,बसोबासको आधारमा लालपुर्जा वितरण गर, उठिबास बन्द गर, डोजर आतंक बन्द गर जस्ता नारा लगाएर प्रदर्शनमा उत्रिए ।

सोमबार पनि सो क्षेत्र दिनभरजसो तनावग्रस्त रहयो । सोमबार बस्ती हटाउन गएको महानगरको टोलीमाथि प्रदर्शनकारीहरुले ढुंगामुढा प्रहार गरेका थिए । सोही क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा महानगर सुरक्षा बलका प्रमुख राजु पाण्डेसहित १८ प्रहरी घाइते भएका थिए । घरेलु हतियारसहित लिएर उनीहरु विरोध प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले गृहमन्त्री बालकृष्ण खाँण र मेयर बालेनविरुद्ध नाराबाजी गरेका थिए ।

यसअघि एकीकृत बागमती सभ्यता विकास समितिले मंसिर ४ भित्र नदी किनाराका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो । सोहीअनुसार बस्ती खाली गर्न महानगरको टोली सोमबार त्यहाँ गएपछि स्थिति तनावग्रस्त बनेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७