डेनमार्कलाई हराउँदै १६ वर्षपछि विश्वकपको नकआउट चरणमा अष्ट्रेलिया


१४ मंसिर २०७९, बुधबार
Matthew Leckie Australia GOAL 1024x683 1

काठमाडौँ। बलियो प्रतिस्पर्धी डेनमार्कलाई १-० गोल अन्तरले पराजित गर्दै अष्ट्रेलिया कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ।

बुधबार भएको समूह डीको खेलमा डेनमार्कलाई हराउने क्रममा खेलको ६० औं मिनेटमा अष्ट्रेलियाका म्याथ्यु लेकीले निर्णायक गोल गरेका थिए।
यससँगै समूह डीमा अष्ट्रेलियाले समूह चरणका तीन खेलबाट ६ अंक हात पारेको छ। पहिलो खेलमा फ्रान्ससँग पराजित भएको अष्ट्रेलियाले दोस्रो खेलमा ट्युनिसियालाई पराजित गरेको थियो।

Eriksen denmark 1024x683 1

यसअघि अष्ट्रेलिया सन् २००६ मा भएको विश्वकपको अन्तिम १६ मा पुगेको थियो। त्यसयता सबै विश्वकपमा छनोट भए पनि पहिलोपटक अष्ट्रेलिया अन्तिम १६ मा पुगेको हो। समूहको उपविजेताको हैसियतमा अन्तिम १६ मा पुगेको अष्ट्रेलियाले अन्तिम १६ को खेलमा समूह सीको विजेतासँग खेल्नेछ।

८८ औं मिनेटमा डेनमार्कका एलेक्जेन्डर बाहको प्रहार पोस्टभन्दा बाहिर जाँदा डेनमार्क बराबरी गोल गर्नबाट चुक्यो ।

समूहको अर्को खेलमा फ्रान्स ट्युनिसियासँग १-० ले पराजित भयो । हारका बाबजुद फ्रान्स समूहको शीर्षस्थानमा रहयो । फ्रान्स र अष्ट्रेलियाले ३ खेलमा समान ६ अंक जोडेपनि गोलअन्तरमा फ्रान्स अगाडि रहयो । ट्युनिसिया ३ खेलमा ४ अंकसहित तेस्रो तथा डेनमार्क १ अंक जोड्दै पुछारमा रहयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७