स्याङ्जा २ मा : पद्मा भन्दा धनराज २,४१८ मतान्तरले अगाडि


१६ मंसिर २०७९, शुक्रबार
padma Dhanraj

स्याङजा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् ।
निर्वाचन आयोगबाट प्राप्त पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मत पाएका छन् । उनलाई पछ्याइरहेकी नेकपा (एमाले) की उम्मेदवार पद्मा अर्यालले नौ हजार ५०१ मत पाएकी छन् ।

अर्यालले यसअघि सार्वजनिक मत परिणामको तुलनामा मतान्तर घटाएकी छन् । अहिले अर्याल गुरुङभन्दा दुई हजार ४१८ मतले पछाडि छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५ हजार १ सय ९२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७