मेलम्ची खानेपानी आयोजनाको समस्या समाधान गर्ने कांग्रेस नेता सिंहको प्रतिवद्धता


१६ मंसिर २०७९, शुक्रबार
Melamchi scaled
मेलम्ची आयोजनास्थल निरीक्षणमा कांग्रेस नेता सिंह ।

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले डेढ वर्षअघिको बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

मेलम्चीको आयोजनास्थल सिन्धुपाल्चोक पुगेका सिंहले कांग्रेसकै नेतृत्वको सरकार रहेकाले यसलाई गति दिएर काठमाडौंमा पानी लैजानुपर्ने बताए ।

‘परियोजनालाई चाँडोभन्दा चाँडो टुंगोमा पुर्याउन निरन्तर चासो दिन्छौं । यहाँको स्थलगत निरीक्षण गरिसकेपछि जुन तस्बिर हामीले सोचेका थियौँ त्यो भन्दा फरक पाएँ,’ उनले भने । उनले चुनावका बेला जहिले पनि काठमाडौंबासीले पानी कहिले खुवाउँछौँ भनेर सोध्ने गरेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७