दोलखा प्रदेशसभा–२ मा एमालेका भरतबहादुर केसी विजयी


१८ मंसिर २०७९, आईतवार
Bharat kc

दोलखा । दोलखा निर्वाचन क्षेत्र नम्बर १ को २ मा एमालेका भरतबहादुर केसी विजयी भएका छन् । केसीले १९ हजार ४१४ मत ल्याएर विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामालाई १ हजार ८१९ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । लामाले १७ हजार ५९५ मत ल्याएका छन् । दोलखामा प्रतिनिधिसभातर्फको भने मतगणना जारी छ । जहाँ एमालेका बालकृष्ण शिवाकोटीले अग्रता कायम गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७