काठमाडौं महानगरविरुद्व आज पनि सुकुमबासीको प्रदर्शन {फोटो फिचर}

‘हाम्रो संवैधानिक अधिकार ग्यारेन्टी होस्’


१९ मंसिर २०७९, सोमबार
sukumbasi.gif .2022 12 05

काठमाडौं । काठमाडौं महानगरपालिकाले विकल्प बिना नै सुकुमबासीहरुलाई लखेट्न खोजेको भन्दै सुकुमबासीहरुले प्रदर्शन गरेका छन् । थापाथलीस्थित बागमती किनारका सुकुम्बासीहरुले आज पनि महानगरविरुद्व प्रदर्शन गरेका हुन् । उनीहरुले बिना विकल्प उठिबास नलगाउन माग गरेका छन् ।

यस्तै उनीहरुले केही दिनअघि सुकुमबासी बस्ती हटाउन पुगेका महानगर प्रहरीविरुद्व आक्रमण गर्नेविरुद्व महानगरले दिएको जाहेरी फिर्ता लिन पनि माग गरेका छन् । प्रदर्शनमा सहभागीहरूले सुकुमबासी तथा अव्यवस्थित बसोवासीहरूका संवैधानिक अधिकार ग्यारेन्टीको माग गरेका छन् । उनीहरूले जिल्ला भूमि आयोगको कामलाई तीव्र बनाउन माग गरेका छन् ।

पछिल्लो समय सुकुमबासी तथा अव्यवस्थित बसोवासीहरूमाथि सरकारले दमन गरेको भन्दै उनीहरूले विभिन्न अभियोग लगाई प्रहरीमा दिइएका जाहेरी फिर्ता लिन माग गरेका छन् । केही दिनअघि थापाथलीस्थित सुकुमबासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाउन खोज्दा आक्रमण गर्नेहरूमाथि कारबाहीको माग गरी महानगरले जाहेरी दिएको छ ।

Sukumbashi Birodh 1
Sukumbashi Birodh 2
Sukumbashi Birodh 3
Sukumbashi Birodh 4
Sukumbashi Birodh 5
Sukumbashi Birodh 6
Sukumbashi Birodh 7
Sukumbashi Birodh 8
Sukumbashi Birodh 9
Sukumbashi Birodh 10
Sukumbashi Birodh 11

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७