चीनको सेनजेनमा वर्षमान पुनको उपचार शुरु


२२ मंसिर २०७९, बिहीबार
barsaman pun 20221208112438

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ को चीनको सेनजेनमा उपचार शुरु भएको छ ।
पुनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालको क्वारेन्टिनमा उपचार शुरु भएको हो । चौंथौ लहरको कोरोना महामारीका कारण चीनमा कडा लकडाउन छ । पूर्व अर्थ र ऊर्जामन्त्री समेत रहेका पुन लामो समयदेखि जण्डिसबाट पीडित छन् ।

पुन पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीले उपचार शुरु भएको र स्वास्थ्यमा सामान्य सुधार आएको जानकारी दिएकी छन् । नेपालबाट जाँदा जण्डिसको मात्रा (बिलरुबिन) २७ रहेकोमा अहिले घटेर २४ मा आएको जानकारी घर्तीले दिइन् ।

चुनावी धपेडीका कारण रोग बल्झिएपछि उनी नेपाली चिकित्सकहरुको परामर्शमा शुक्रबार फलोअप उपचारका लागि दुवई, ग्वान्झाओ हुँदै सेन्जेन प्रस्थान गरेका थिए । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७