सर्वोच्चलाई संसदका महासचिव गौतमको जवाफ : सबै उत्तर इजलासमै पेश गर्छु (पूर्णपाठ)


२५ मंसिर २०७९, आईतवार
bharatgautam1670404574

काठमाडौं । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सर्वोच्च अदालतलाई जवाफ पठाएका छन् । आज (आइतबार) डा. गौतमले ‘जानकारी’ भनेर पठाएको पत्रमा सर्वोच्चको पूर्ण इजलासले उठाएको प्रश्नको भने जवाफ दिइएको छैन ।

पत्रमा संवैधानिक इजलासको अन्तरिम आदेशले पत्र कार्यान्वयन रोकिसकिएको भन्दै कारण देखाऊ आदेशको जवाफसँगै सर्वोच्चको पूर्ण इजलासले सोधेको प्रश्नको पनि जवाफ दिइने उल्लेख छ । जबरालाई निलम्बन निष्प्रभावी भएको पत्र दिएपछि सर्वोच्च अदालतको पूर्ण बैठकले ४ वटा प्रश्नको जवाफ माग गर्दै संघीय संसदका महासचिवलाई पत्र पठाएको थियो । तर त्यसपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त पत्र कार्यान्वयनमा रोक लगाउँदै विपक्षीसँग ७ दिनभित्र लिखित जवाफ माग गर्ने आदेश दिएको थियो ।

‘श्री सर्वोच्च अदालतको मिति २०७९-०८-२१ पत्र संख्या ०७९-८० च.नं. ६३८ को पत्रमा यस सचिवालयको २०७९-०८-२१ मितिको च.नं. ७ को पत्रमा उल्लेखित विषयका सम्बन्धमा सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णयानुसार सोधिएका विषयहरूको सम्बन्धमा संघीय संसद्का महासचिवले मिति २०७९-०८-२१ सर्वोच्च अदालतमा ‘तत्कालीन प्रतिनिधिसभामा २०७८ फागुन १ गते दर्ता, प्रारम्भिक छलफल र महाअभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएको तर तत्पश्चात्को प्रक्रिया अगाडि नबढेको र २०७९ मंसिरमा नयाँ प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेकोले २०७८ फागुन १ मा संघीय संसद्को महासचिवको पत्र समेत निष्प्रभावी भएको’ भन्ने मिति २०७९-०८-२१ गते संघीय संसद्का महासचिवको जानकारीसम्बन्धी पत्र सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासबाट मिति २०७९ मंसिर २३ गते कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश भइसकेको र सो सम्बन्धमा संघीय संसद्का महासचिवले ७ दिनभित्र लिखित जवाफ दिनुपर्ने आदेश भएकोले सर्वोच्च अदालतको पूर्ण बैठकको २०७९-०८-२१ निर्णानुसार सोधिएका विषयहरूको जानकारी पनि अन्तरिम आदेशको लिखित जवाफको क्रममा समावेश हुने व्यहोरा पूर्ण बैठकसमक्ष सादर अनुरोध गर्दछु’, महासचिव डा. गौतमले फुल कोर्टलाई लेखेको ‘जानकारी’ मा उल्लेख छ ।

f

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७