‘ऐना झ्यालको पुतली’ ले पायो एकैपल्ट चार अवार्ड


२५ मंसिर २०७९, आईतवार
putali 7WBG41kzTH

काठमाडौं । नेपाली बक्स अफिसमा धिमा गतिमा राम्रो कलेक्सन गरेको फिल्म ‘ऐना झ्यालको पुतली’ ले लोभलाग्दो सफलता पाएको छ ।

ओस्कारमा अन्तर्राष्ट्रिय फिचर विधातर्फ प्रतिस्पर्धा गरिरहेको यो फिल्मले भारतमा एकै पटक चार विधामा अवार्ड प्राप्त गरेको छ । सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ ले भारतको प्रतिष्ठित कौतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट फिल्मसँगै सम्पादन, अभिनेता र अभिनेत्री विधामा अवार्ड जितेको हो ।

सम्पादक किरण श्रेष्ठ, अभिनेत्री कञ्चन चिमरिया र अभिनेतामा दिनेश खत्रीले अवार्ड उचाले । दक्षिण कोरियाको बुसानमा प्रियिमर भएको फिल्मले यतिबेला अन्य मुलुकका फेस्टिभलमा समेत आफूलाई अघि बढाइरहेको छ । यो फिल्मले नेपाली बक्स अफिसमा करोड माथिको व्यापार गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७