रोहित रुम्बालाई फिल्म ‘लाखे’ बाट उत्कृष्ट अभिनेताको अवार्ड


२६ मंसिर २०७९, सोमबार
rohit1

काठमाडौं । चौथो ‘नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल २०२२’ मा फिल्म ‘लाखे’ बाट अभिनेता रोहित रुम्बाले उत्कृष्ट अभिनेता अवार्ड प्राप्त गरेका छन् । २१ वर्षको अभिनय करियरमा रोहितले पहिलो पटक अवार्ड प्राप्त गरेका हुन् । जसको खुशी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत शेयर गरेका छन् । अवार्डले अझ काममा दत्तचित्त भएर लाग्न प्रेरणा मिलेको उनले बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘चौथो नेपाल साँस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले मलाई सपोर्टिङ रोलमा उत्कृष्ट अभिनेताको अवार्ड दिनु भएकोमा म आभारी छु । फिल्म क्षेत्रमा २१ वर्षपछि यो अवार्ड हात पार्न पाएकोमा मेरो लाखे फिल्मको टिमप्रति आभारी छु । मलाई विश्वास गरेको र मलाई राम्रो काम गर्न प्रेरित गरेकोमा मेरा निर्माता र निर्देशक सम्राट बस्नेतलाई हृदयदेखि धन्यवाद । र सबै भन्दा धेरै मेरो आमा र बुबा को जसले मलाई बुझेर जोश र प्रेरण दिनु भएको छ । तपाईं सबैलाई माया र सम्मान ।’

रोहितले ‘लव ईन चाईना बोर्डर’, ‘रुद्राक्ष’, ‘तोरी लाहुरे’, ‘उफ यो मन’, ‘धुम २’, ‘रघु’, ‘नेप्टे’ लगायत दर्जनौं फिल्म अभिनय गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७