राजनीतिक बन्दी रिहाइका लागि अध्यादेश ल्याउनु सकारात्मक : रञ्जिता श्रेष्ठ


२६ मंसिर २०७९, सोमबार
Ranjita Shreshtha
फाइल फोटो

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राजनीतिक बन्दी रिहाइका लागि सरकारले अध्यादेश ल्याउनु सकारात्मक भएको बताएकी छन् ।

डिल्लीबजार कारागार बाहिर आज (सोमबार) सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले अध्यादेश ल्याउनु आफूहरुका लागि सकारात्मक कुरा भएको र राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण हुने विश्वास समेत व्यक्त गरिन् । उनले अध्यादेश प्रमाणीकरण भएपछि आवश्यक कार्यविधि बनेर रेशम चौधरी रिहाइ हुने दाबी गरिन् । सरकारले ल्याएको अध्यादेशमा विरोध गर्नुपर्ने कारण नरहेको उनले बताएकी छन् ।

रेशम चौधरी सोमबार नै छुट्ने भन्दै नागरिक उन्मुक्तिका कार्यकर्ता डिल्लीबजार कारागार पुगेका थिए । त्यसपछि श्रेष्ठले अध्यादेशको प्रक्रिया केही दिन लाग्ने बताएपछि उनीहरु फर्किएका थिए । टीकापुर घटनामा दोषी ठहर भई रेशम चौधरी जेल सजाय भोगिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७