आयोगले निर्वाचनको अन्तिम परिणाम बुधबार सार्वजनिक गर्ने


२७ मंसिर २०७९, मंगलवार
nirbachan aayog

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को अन्तिम नतिजा भोलि (बुधबार) घोषणा गर्ने भएको छ । मंसिर ४ गते एकै चरणमा भएको निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न भोलि मंसिर २८ गते बुधबार मध्याह्न १ः३० बजे पत्रकार सम्मेलन आयोजना गरिएको आयोगको प्रेस अफिसले जनाएको छ ।

मंसिर ४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० क्षेत्रमा निर्वाचन भएको थियो । यस पटकको निर्वाचनमा प्रत्यक्षतर्फ ८४ र समानुपातिक तर्फमा ४९ दलले भाग लिएका थिए । प्रतिनिधिसभामा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, लोसपालगायत १२ दलले प्रतिनिधित्व गर्न पाउने छन् ।

आयोगले निर्वाचन अन्तिम नतिजा घोषणापछि राष्ट्रपतिलाई बुझाउने छ । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्ने छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७