काभ्रे दुर्घटनाका घाइतेको निःशुल्क उपचार व्यवस्था गर्न प्रचण्डको माग


२८ मंसिर २०७९, बुधबार
prachanda

काठमाडौं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुःख व्यक्त गरेका छन् ।

उक्त दुर्घटनामा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । साथै प्रचण्डले दुर्घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बढ्दो सवारी दुर्घटना रोक्न सबैको सामूहिक पहल गर्नुपर्नेमा पनि प्रचण्डले जोड दिएका छन् ।

मङ्गलबार साँझ भएको सो बस दुर्घटनामा ज्यान गुमाएका १८ मध्ये १३ जनाको सनाखत भएको छ । बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । मृत्यु भएकामध्ये सात जना बनेपाको एउटै वडाका छन् । बनेपा नगरपालिका–११ का कुमार तामाङको नातिको व्रतबन्धमा बेथानचोक गाउँपालिका–५ च्याल्टी पुगेर फर्किंदै गरेको बस दुर्घटनामा परेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७