पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु लाग्ने


२ पुष २०७९, शनिबार
Hussu 2 scaled

काठमाडौं । नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (शनिबार) प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतबार पनि प्रदेश–१ का पहाडी भू–भागमा आंशिक देखि पूर्ण बदली रही बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश–१ का पहाडी भू–भागका थोरै स्थानहरुमा र बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

तराईका केही भू–भागमा बिहानीपख हुस्सु-कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७