क्यानडाको भ्यानकुभरमा २,५०० किलो अफिम बरामद


२ पुष २०७९, शनिबार
pfdkamg1671264484

भ्यानकुभर । क्यानडाको ब्रिटिस कोलम्बिया–क्यानाडा सीमा सेवा एजेन्सीले भ्यानकुभरको पश्चिमी तटीय बन्दरगाहमा २४७ सिपिङ प्यालेटहरूबाट ५० मिलियन अमेरिकी डलरभन्दा बढी मूल्यको लगभग दुई हजार ५०० किलोग्राम अफिम बरामद गरेको छ ।

बरामद गरिएको यो परिमाणको अफिम अहिलेसम्मको सबैभन्दा ठूलो परिमाण हो । गएको अक्टोबर २५ मा मेट्रो भ्यानकुभर मरिन अपरेसनले यस अनुसन्धानको आधारमा १९ समुद्री कन्टेनरभित्र सामानको जाँच गरेको थियो । एक्स–रे टेक्नोलोजीसहित पत्ता लगाउने उपकरण र प्रविधिको प्रयोग गरेर अधिकारीहरूले ढुवानी प्यालेटहरूमा जाँज गरी सो पत्ता लगाएको बताइएको छ ।

अनुसन्धानका बारेमा क्यानडाका सार्वजनिक सुरक्षामन्त्री मार्को मेन्डिसिनोले समुदायको सुरक्षा प्रमुख प्राथमिकतामा रहेको बताएका छन् । अवैध लागुऔषध क्यानडामा आउनबाट रोक्न र आपराधिक गतिविधि नियन्त्रण गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको उनले बताए । रासस÷एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७