तस्वीरहरूमा एमालेको विशेष कार्यक्रम


५ पुष २०७९, मंगलवार
amale 1

काठमाडौं । नेकपा (एमाले) ले आज (घमंगलबार) ‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ विशेष कार्यक्रम आयोजना गरेको छ । काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरूलाई पार्टीले बधाई तथा सफल र प्रभावकारी कार्यकालका लागि शुभकामना ज्ञापन गरेको छ ।

विजय, बधाई र उत्सवका रूपमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट नव निर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई बधाईका साथै विशेष सम्बोधन समेत गरेका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा चौतर्फी घेराबन्दीको प्रतिकूल परिस्थितिमा पनि लोकप्रिय मतमा एमाले पहिलो पार्टी बनेको छ । एमालेले प्रतिनिधि सभा सदस्यमा ७८ जना र प्रदेश सभामा १६१ जना सदस्य निर्वाचित गराउन सफल भएको छ ।

कार्यक्रममा प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरू, प्रदेश सभामा नवनिर्वाचित सदस्यहरू, राष्ट्रिय सभाका बहालवाला सदस्यहरू, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरू, निर्वाचन परिचालन कमिटीका सदस्यहरू, पार्टीका केन्द्रीय सदस्यहरू, केन्द्रीय निकाय प्रमुख र पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिव, केन्द्रीय विभागका सचिवहरू, केन्द्रीय कार्यालय सचिव, प्रदेश कमिटीका पदाधिकारीहरू, हरेक जनसंगठनबाट तीन जना पदाधिकारी, केन्द्रीय कार्यालय र परिचालनमा संलग्नहरू सहभागी भए । कार्यक्रममा सर्वाधिक मत प्राप्त गरी विजयी हासिल गरेका पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयम् सम्मानित भएका छन् ।
हेर्नस् तस्वीरहरू

amale 1
amale 2 1
amale 3 1
amale 4
amale 5
amale 6
amale 7
amale 9
amale 10
amale 11
amale 12

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७