रेशम चौधरीका बुबा लालवीर नागरिक उन्मुक्ति पार्टीमा प्रवेश


८ पुष २०७९, शुक्रबार
LalbirChaudhary111 20221223181529

काठमाडौं । बर्दिया निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । सो पार्टीका संरक्षक रेशम चौधरीका बुबा समेत रहेका चौधरी औपचारिकरूपमै पार्टी प्रवेश गरेका हुन् ।

मंसिर ४ गतेको निर्वाचनमा उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । रेशम चौधरीको उम्मेदवारी खारेज हुने सम्भावना भएपछि पार्टीले ‘ब्याकअप’ उम्मेदवारको रूपमा लालवीर चौधरीलाई उम्मेदवार बनाएको थियो । उनले माओवादीका सुरेश पन्थलाई १३६ मतात्नरले पराजित गरेका थिए । चौधरीले २६ हजार ५२० मत पाउँदा पन्थले २६ हजार ३८४ मत ल्याएका थिए ।

योसँगै नागरिक उन्मुक्ति पार्टीको संसदमा चार सिट हुने भएको छ । नागरिक उन्मुक्तिले कैलालीको क्षेत्र नं १,२ र ३ मा विजयी भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७