झलनाथ खनाल पनि पुगे बालुवाटार


१० पुष २०७९, आईतवार
jhalanath khanal 2
फाइल फोटो

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले नयाँ सरकार गठनको लगि दिएको समय आज सकिंदै गर्दा सत्ता गठबन्धन अन्तिम छलफल जुटेको छ ।

प्रधानमन्त्रीमा कांग्रेस र माओवादी केन्द्रले दाबी नछोडे पनि सहमति जुटाउने प्रयास जारी छ । बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भइरहेकोमा समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि थपिएका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका खनालले पनि राष्ट्रपतिमा दाबी गर्दै आएका छन् । तर पद भागवण्डामा सहमति नजुट्दा सत्ता गठबन्धनको भविष्यलाई लिएर प्रश्न उठ्न सुरु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७