प्रचण्डलाई प्रधानमन्त्री बनाउन आजै राष्ट्रपतिकहाँ दावी पेस गरिंदै


१० पुष २०७९, आईतवार
kp oli prachanda

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नयाँ गठबन्धन दलका शीर्ष नेताहरू सरकार गठनको दाबी पेस गर्न आजै (आइतबार) राष्ट्रपति निवास शितल निवास जाने भएका छन् ।

एमाले अध्यक्ष ओलीको निवास बालकोटमा आइतबार बसेको नयाँ गठबन्धनको बैठकले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेको छ । सहमतिअनुसार पहिलो साढे २ वर्षका लागि प्रचण्डलाई प्रधानमन्त्री बनाउने र बाँकी अवधि एमालेको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ ।

यसका लागि एमाले र माओवादीसहित हालसम्म ७ दलहरूले सहमति जनाएका छन् । जसमा संसद्मा २० सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टी, १४ सिट रहेको राप्रपा, १२ सिट रहेको जनता समाजवादी पार्टी, ६ सिट रहेको जनमत पार्टी, ४ सिट रहेको नागरिक उन्मुक्ति पार्टीले सहमति जनाएका छन् ।

नेपाली कांग्रेससँग मिलेर सरकार गठन गर्ने अवस्था नदेखिएपछि माओवादी केन्द्रका अध्यक्ष दाहाल आइतबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवासँगको बैठकपछि ओलीसँग छलफल गर्न सिधै बालकोट पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७