पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक जारी


११ पुष २०७९, सोमबार
mao
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ । केहीबेरअघि शुरु भएको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाले ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका छन् ।

सरकारमा पार्टीको भूमिका तथा पार्टीबाट मन्त्री बन्नेहरुको बारेमा पनि छलफल हुने नेताहरुले बताएका छन् । कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहित सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

उनले आज शपथ लिने कार्यक्रम छ । माओवादी केन्द्रको बैठक लगत्तै ११ बजे सत्ता गठबन्धन (प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका दलहरु) को बैठक बोलाइएको छ । बैठक संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७