पुरुष भलिबल : नेपाल जितविहीन रहँदै चौंथो


११ पुष २०७९, सोमबार
volleyball under 23 S4NZTe81LK

काठमाडौं । बङ्गलादेशमा भएको काभा २३ वर्षमुनि (यु–२३) अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल जितविहीन रहँदैं चौँथो स्थानमा रहेको छ ।

बङ्गलादेशको ढाकामा आज तेस्रो स्थानका लागि भएको खेलमा श्रीलङ्काले नेपाललाई ३–२ को सेटमा पराजित गरेपछि नेपाल चौंथो स्थानमा रहेको हो । खेलको पहिलो सेट २५–२२ ले गुमाएको नेपाल दोस्रो सेटमा भने विजयी भयो । नेपालले श्रीलङ्कामाथि दोस्रो सेट २५–१९ ले जित्यो । त्यस्तै खेलको तेस्रो सेट श्रीलङ्काले २५–१९ ले जित्यो भने खेलको चौंथो सेटमा नेपाल विजयी भयो ।

नेपाल २५–२० ले जिते पनि त्यसपछिको सेटमा पराजित भयो । खेलको अन्तिम सेट श्रीलङ्काले १५–१० ले आफनो पक्षमा पारेपछि श्रीलङ्काको जित पक्का भयो । यसजितसँगै श्रीलङ्का भने तेस्रो स्थानमा रहेको छ । च्याम्पियनसिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको थियो । आजै हुने फाइनल खेलमा आयोजक बङ्गलादेश र किर्गिस्तान भिड्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७