यी हुन् जंगबहादुर राणाका १० चर्चिकला


४ बैशाख २०७५, मंगलवार
junga bahadur rana

काठमाडौं, ४ बैसाख : नेपाली इतिहासमा कहिल्यै बिर्सिन नसकिने खलपात्र हुन् जंगबहादुर राणा । उनको बारेमा उनको शासनकालमा मात्रै नभई इतिहासका हरेक कालखण्डमा चर्चा हुँदै आएको छ । उनले नेपालको लामो शाहवंशीय परम्म्परालाई तोड्दै विशेष गरी राजाहरुको अधिकारलाई नै खोसी राजालाई खोपीको देउता बनाएर आफू श्री ३ महाराज भएर रहे । junga bahadur rana

१९०३ सालमा श्री ५ लाई हटाई श्री ३ को इतिहास शुरु गराएका थिए । त्यसैले पनि सबैले उनलाई शक्तिशालीको उपमा दिएका छन् । उनका बारेमा थुप्रै भनाइहरु पाइन्छन जस्तो कि उनी ज्यूँदै बाघ समात्थे, धरहराको टुप्पोबाट हाम फाल्थे, वाढी आएको बाग्मतीमा हाम फाल्थे आदि–आदि । जंगबहादुर राणाका छोरा पद्यम जंगबहादुरले आफ्ना पिताको डायरीको आधारमा लेखेको पुस्तक ‘लाइफ अफ महाराज सर जंगबहादुर’ मा अनेकौं चर्तिकलाहरु उल्लेख गरेका छन् । जुन यस प्रकार रहेका छन् :-

१) जंगबहादुरको पालामा देशमा करीब–करीब तीन थरी शासन चलेको थियो । राजा, रानी र राजकुमारले तीनथरी शासन चलाउन थालेका थिए । त्यही चरबाट उनी देशको मुख्य शासन आफ्नो हातमा लिन सफल भए ।

२) पारिवारिक पृष्ठभूमि सैनिक भएकाले जंगबहादुर घोडचढीका निकै सौखिन थिए । उनी जहाँ जता जानु परे पनि घोडामै सवार हुन्थे । जहाँ पुगेपनि शिकार खेल्ने मूडमा हुन्थे । त्यसैले उनी गोला बारुद र बन्दुकको सम्पूर्ण बन्दो बस्त गरेर हिंड्थे । शिकारी मानसिकता भएकै कारण उनले बम्बईबाट ३० वटा अरब जातका घोडा मगाएका थिए ।

३) जंगबहादुर १८५३ मे २६ को गर्मीको दिन बद्रीनाथ दर्शन गरेर फर्कने क्रममा उनले सीमानादेखि काठमाडौंसम्म १०९ माइल लामो यात्रा निरन्तर घोडामा गरेका थिए । उक्त यात्रामा १२ वटा घोडा बदलेका थिए ।

४) उनी पढ्नेतिर भन्दा बन्दुक, युद्ध, घोडचढी, खेलकुदमा बढि ध्यान दिने दिन्थे ।

५) एक दिन दरबारको जग्गा कमाउने किसानहरुले तुषारोको कारण बाली नष्ट भएकाले त्यस बर्षको तिरो र मालपोत मिनाहाको विषयमा मन्त्रिपरिषदमा विवाद भयो । त्यसबेला उनी मन्त्री परिषदको सदस्य थिए । प्रधानमन्त्रीले सो विषयमा उचित कदम चाल्न नसकेपछि जंगबहादुरले त्यसको विरोध गरेका थिए । त्यसपछि मामा–भाञ्जा ‘माथवर र जंगबहादुर’ बीच चर्को भनाभन चल्यो । जंगले भने–‘यो निर्णय एकदमै केटाकेटी भयो । मलाई केटाकेटी नठान्नुहोस् ।’ अनि यसमा राजा र राजकुमारले पनि जंगको पक्ष लिएपछि माथवरको मुख बन्द भयो ।

६) जंगबहादुर नेपालबाट निस्किएको चार महिनापछि बेलायत पुगेका थिए । पछि उनी फर्किंदा नेपाली कला, संस्कृति, जनजीवन र कानूनमा समेत पश्चिमी प्रभाव प्रसस्त बोकेर फर्किए ।

७) जंगबहादुरको भ्रमणमा निस्केको टोलीले चिसापानीगढीको बाटो हुँदै पत्थरघट्टा पुगेको थियो । जहाँ उनीहरुले १५ दिनसम्म बाघ र हात्तीको शिकार गरेर बसेको थियो ।

८) जंगबहादुर बेलायत जाने बेला पानीजहाजको प्रयोग गरेका थिए । समुन्द्री डाँकुबाट बच्न उनले तोपहरु जडान गरेका थिए । उनले भ्रमण टोलीमा कट्टर हिन्दूहरुलाई भान्से, पिपलको विरुवा भएको गमला, ४० वटा पित्तलका गाग्रीहरु, दुहुनो गाई र महिनौंसम्मलाई पुग्ने दाल, चामल पनि साथै लगेका थिए ।

९) बेलायतमा पुगि नेपाली अलग्गै बसी खाना खान्थे । गाई दुहुन पनि अरुले पाउँदैनथे । यो दृष्य देखेर बेलायतीहरु अचम्म मान्थे । ४२ जनाको भ्रमण दलले आफ्नो पोका–पन्तुरा बोकेर बेलायती होटलमा दौरा लगाएका जाँदा बेलायतीहरु रमिता मानेर हेर्थे ।

१०) बेलायतको भ्रमण गर्ने पहिलो प्रधानमन्त्री हुन् जंगबहादुर राणा । त्यसबेला अहिले जस्तो हवाईजहाजबाट सजिलै पुग्नसक्ने अवस्था थिएन । त्यसबेला उनी भारतको बाटो हुँदै गएका थिए । उनी बेलायत भ्रमण गर्ने पहिलो प्रधानमन्त्री मात्रै नभएर एक वर्षसम्म त्यही बस्ने नेपाली प्रधानमन्त्री पनि थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७